काठमाडौं,११ वैशाख । विपिन जोशी को परिवारलाई सरकारले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
गत २ वैशाखमा बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई १० लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
सरकारका अनुसार अध्ययनका लागि इजरायल गएका जोशी गाजामा भएको घटनामा परी ज्यान गुमाएका थिए। सोही घटनालाई आधार मानेर परिवारलाई राहतस्वरूप आर्थिक सहयोग दिने निर्णय गरिएको हो।
सरकारले यसअघि सीमित मन्त्रिपरिषद् निर्णय मात्र सार्वजनिक गर्दै आएकोमा अबदेखि सबै निर्णयहरू सार्वजनिक गर्ने अभ्यास सुरु गरिएको पनि जनाएको छ।

