काठमाडौं,११ वैशाख । एटीएम तोडफोड र लुटपाट घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका–८ का २१ वर्षीय सविन नेपाली रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनले गत वैशाख ९ गते न्यूरोडस्थित रामघाट गल्लीमा एक व्यक्तिमाथि कुटपिट गर्दै लुटपाट गरेका थिए। त्यस्तै, वैशाख १० गते गोंगबु चोकमा रहेको ग्लोबल आईएमई बैंक को एटीएम तोडफोड गरेको आरोप पनि उनीमाथि लागेको छ।
अनुसन्धानका क्रममा उनी यसअघि साइबर अपराध मुद्दामा दुई महिना बाल सुधार गृहमा बसेको र चोरी मुद्दामा पक्राउ परेपछि हिरासतबाट फरार भएको खुलेको प्रहरीले जनाएको छ। अहिले उनीमाथि थप अनुसन्धान भइरहेको छ।

