सरकार बनाएको सय दिनभित्रै नतिजा दिनेगरी काम गर्छौं : शिशिर खनाल

spot_img

काठमाडौँ, २२ फागुन । काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित नयाँ प्रतिनिधि सभा सदस्य शिशिर खनाल ले आफूहरूको सरकार बनेको १०० दिनभित्रै आम नेपाली जनताले अनुभूत गर्न सक्ने नतिजा दिने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

निर्वाचनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खनालले भ्रष्टाचारको विरुद्ध काम गर्ने आफ्नो प्राथमिकता स्पष्ट पारे। उनले बताए, “हामीप्रति आम जनताको ठूलो अपेक्षा रहेको बुझ्यौं। पछिल्लो डेढ महिनामा घरदैलोमा पुग्दा अधिकांशले भ्रष्टाचारको विरुद्ध काम गर्नुपर्छ र राम्रो नीति तथा कानुन ल्याउनुपर्छ भन्ने बताएका छन्। सकेसम्म १०० दिनभित्रै आम जनताले देख्ने नतिजा दिनेगरी काम गर्नेछौं।”

खनालले यस निर्वाचनको परिणामलाई आम नेपाली जनताको परिवर्तन र पुस्तान्तरणको पक्षमा रहेको मतको रूपमा लिएका बताए। उनले भने, “यो जित जेनजी विद्रोहपछि राज्यसत्ता र दमनको विरुद्धमा आम जनताको अभूतपूर्व प्रतिक्रिया हो। राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत सुशासन र समृद्धिको बाटो तय गर्न खोजेको देखिन्छ।”

साथै उनले जनताले देखाएको अभूतपूर्व जनलहरलाई न्याय हुनेगरी व्यवस्थापन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय