काठमाडौं,२३ फागुन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार सोविता गौतम विजयी भएकी छन्। निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्दै उल्लेखनीय जीत हात पारेकी हुन्।
यस क्षेत्रमा खसेको कुल १ लाख ३ मतमध्ये गौतमले सर्वाधिक मत प्राप्त गर्दै ठूलो मतान्तरसहित जीत दर्ता गरिन्।
उनकी निकटतम प्रतिस्पर्धी रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरिन्। गौतमले दाहाललाई ३८ हजार ६६२ मतान्तरले पछि पारिन्। त्यस्तै नेपाली कांग्रेस का उम्मेदवार टेकप्रसाद गुरुङले ८ हजार ३४४ मत प्राप्त गरे भने नेकपा एमाले का शंकरराज थपलियाले ५ हजार ४ मत पाए।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी का उम्मेदवार दीपक थापा मगरले १ हजार २२६ मत प्राप्त गरेका छन्। यो परिणामसँगै चितवन–३ मा सोविता गौतमले ठूलो मतान्तरसहित जित हासिल गर्दै स्थानीय राजनीति र राष्ट्रिय स्तरमै नयाँ सन्देश दिएको विश्लेषण गरिएको छ।




