बालेनकै नेतृत्वमा नयाँ सरकार बन्नेछ : सोविता गौतम

spot_img

चितवन,२३ फागुन । चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृ सोविता गौतमले नयाँ सरकार बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बन्ने प्रस्ट पारेकी छन्।

निर्वाचित प्रमाणपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गौतमले भनिन् कि चुनावअघि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेकोले उनी नै सरकारको नेतृत्व गर्ने बताइन्छ।

गौतमले निर्वाचनमा रास्वपा पक्षमा जनताले दिएको विश्वासलाई परिणाममुखी काममा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले भनिन्, “जनताले अन्तिम आशाको रूपमा रास्वपालाई विश्वास गरेर मत दिनुभएको छ। यसलाई गम्भीरतापूर्वक लिएर अघि बढ्छौँ।”

यसपटक गौतमले ५९ हजार २७७ मत प्राप्त गर्दै चितवनको इतिहासमै अहिलेसम्मकै सर्वाधिक मतको जीत हासिल गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी की रेनु दाहालले २० हजार ६१५ मत मात्र प्राप्त गरिन्।

गौतम र दाहालबीचको मतान्तर ३८ हजार ६६२ रहेको छ, जसले यस निर्वाचनमा रास्वपाको स्पष्ट विजय देखाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय