बारा–२ मा रास्वपाका चन्दन कुमार सिंह विजयी

spot_img

बारा,२४ फागुन । बारा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चन्दन कुमार सिंह विजयी भएका छन्। उनले जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामकिशोर प्रसाद यादवलाई २० हजारभन्दा बढी मतान्तरले पराजित गर्दै जित हात पारेका हुन्।

निर्वाचन परिणामअनुसार सिंहले कुल ३५ हजार ५९० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १४ हजार १९८ मत पाएका छन्।

यसैगरी नेपाली कांग्रेसका भैयाराम प्रसाद यादवले ११ हजार ८३७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका बलविर प्रसाद चौधरीले ७ हजार २१३ मत ल्याएका छन् भने प्रगतिशील लोकतान्त्रिक पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले १ हजार ३९६ मत प्राप्त गरेका छन्।

उक्त क्षेत्रमा सिंहको स्पष्ट अग्रता देखिँदै उनी प्रतिनिधि सभामा निर्वाचित भएका हुन्।

spot_img

ताजा अपडेट

लोकप्रिय