spot_img

सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट

spot_img
spot_img

काठमाडौं,१७ वैशाख । सोपान फर्मास्युटिकल्स को प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल ले बुधबार एक औपचारिक कार्यक्रममार्फत आईपीओ वितरण गरेको हो।

कम्पनीले वैशाख ३ देखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३४ लाख ७४ हजार ९०० कित्ता सेयर निष्कासन गरेको थियो। उक्त आईपीओमा २७ लाख ३० हजार ९८७ जनाको आवेदन स्वीकृत भएको जनाएको छ।

उच्च आवेदनका कारण गोला प्रथा (लक्की ड्र) मार्फत बाँडफाँट गरिएको आईपीओमा ३ लाख ४७ हजार ४९० जनाले मात्रै १०–१० कित्ताका दरले सेयर पाएका छन्। बाँकी २३ लाखभन्दा बढी आवेदक भने सेयर नपाई निराश हुनुपरेको छ।

आईपीओको नतिजा सीडीएस एण्ड क्लियरिङ लिमिटेड को वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

विशेषज्ञहरूका अनुसार पछिल्लो समय प्राथमिक सेयरमा अत्यधिक आकर्षण देखिँदा अधिकांश आईपीओमा मागभन्दा धेरै आवेदन पर्ने र सीमित लगानीकर्ताले मात्र सेयर पाउने अवस्था दोहोरिँदै आएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय