बीरगन्ज,२९ फागुन । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार ८ सय रुपैयाँले घटेर तोलाको तीन लाख १४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस अघि बिहिबार सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ४ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि बिहीबार चाँदी प्रतितोला पाँच हजार ५ सय १५ रुपैयाँ कारोबार भएको थियो ।

