spot_img

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा छोरी पक्राउ

spot_img
spot_img

काठमाडाैं,२९ फागनु । कपिलवस्तुमा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा आमा–छोरी पक्राउ परेका छन्। जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा स्थानीय ५७ वर्षीया लिला कुमारी श्रेष्ठमाथि बोक्सीको आरोप लगाउँदै आगोको अगुल्टोले शरीरका विभिन्न भागमा प्रहार गरी दुर्व्यवहार गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार उक्त घटनामा संलग्न रहेको आरोपमा सोही स्थानकी ५१ वर्षीया हुम कुमारी झेडी मगर र उनकी २१ वर्षीया छोरी खगिसरा झेडी मगरलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी टोली खटिई दुवै जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका आमा–छोरीविरुद्ध बोक्सी आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानका लागि कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय