नवलपरासी,३० फागुन । नवलपरासी (पश्चिम)मा डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा करिब एक लाख जनालाई अस्थायी रोजगारी दिएको छ। कार्यालय प्रमुख राजु क्षेत्रीका अनुसार कामदारहरूले रुख कटान, ढुवानी, घाटगद्दी, तारजाली निर्माण, वन रक्षा, नियन्त्रण, झारपात उखाल्ने र सरसफाइ जस्ता कार्यहरूमा रोजगारी पाएका छन्।
कामको प्रकृतिअनुसार प्रत्येक कामदारलाई दैनिक ६५० देखि एक हजार रुपैयाँसम्म ज्याला दिइएको जनाइएको छ। यस वर्ष जिल्लाका ६१ समुदायिक वनमध्ये ३१ वटामा कामदारलाई रोजगारी उपलब्ध गराइएको छ।
डिभिजन वन कार्यालयले यस पहलमार्फत स्थानीय रोजगार सिर्जना गर्दै वन संरक्षण तथा सरसफाइमा सहयोग पुर्याउने लक्ष्य राखेको बताइएको छ।




