spot_img

कम्बोडियाबाट २० नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

spot_img
spot_img

काठमाडौं,०५ चैत । कम्बोडियामा अनलाइन ठगी लगायत गैरकानुनी काममा फसाइएका २० नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काइएको छ।

नेपाली राजदूतावास बैंकक को पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई उद्धार गरी नेपाल ल्याइएको हो। विभिन्न व्यक्तिको प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ सञ्चालित अवैध ‘अनलाइन स्क्यामिङ’ केन्द्र र क्यासिनोहरूमा काम लगाइएको थियो।

दूतावासका अनुसार धेरै पीडितको राहदानी कम्पनीहरूले जफत गर्ने वा स्थानान्तरणका क्रममा हराएको भन्दै समस्या देखिएको थियो। यस्तो अवस्थामा उद्धारका लागि दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गर्दै आएको छ।

पछिल्ला वर्षहरूमा कम्बोडिया जाने नेपालीहरूको संख्या उल्लेख्य रूपमा बढेको तथ्यांकले देखाएको छ। सन् २०२१ मा १०१ जना मात्रै पुगेका नेपालीहरू सन् २०२५ मा बढेर ९ हजार ६७६ पुगेका छन्।

दूतावासले वैदेशिक रोजगारीका लागि नेपाल सरकारले तोकेको प्रक्रिया पूरा गरेर मात्रै जान र छिटो पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डजस्ता देशहरूमा नजान सबैलाई सचेत गराएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय