पूर्वमन्त्री दीपक खड्का सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा

spot_img

काठमाडौं,१५ चैत । पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (CIB)का एआईजी डा. मनोज केसीका अनुसार खड्कासम्बन्धी मुद्दाको थप अनुसन्धान तथा अभियोजन प्रक्रिया अब सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अघि बढाउनेछ।

यसअघि आइतबार बिहान उनलाई सीआईबीले पक्राउ गरेको थियो। त्यसपछि उनलाई विभागमा बुझाइएको हो। विभागले आवश्यक म्याद थप तथा कानुनी प्रक्रिया अघि बढाउनेछ।

गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा खड्काको निवासमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका थिए। उक्त घटनापछि घरमा जलेका नेपाली तथा विदेशी नोट भेटिएको भिडियो सार्वजनिक भएको थियो।

त्यस घटनासँग सम्बन्धित जलेका नोटका टुक्रा र खरानी समेत संकलन गरी विभागले अनुसन्धान अघि बढाइसकेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय