spot_img

मौलापुरमा अर्को एकीकृत दलित बस्ती निर्माण सुरु

spot_img
spot_img

रौतहट,१८ चैत । रौतहटको मौलापुर नगरपालिका–९ सोनरनियामा अर्को एकीकृत दलित बस्ती निर्माण कार्य सुरु गरिएको छ। बुधबार नगर प्रमुख रिनाकुमारी साह, उपमेयर नागेन्द्र यादव, वडाध्यक्ष तथा स्थानीयवासीको उपस्थितिमा भूमि पूजा गरी आयोजनाको शिलान्यास गरिएको हो।

प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह का अनुसार यो परियोजना मेयर साहको प्राथमिकतामा रहेको कार्यक्रमअन्तर्गत सुरु गरिएको हो। यसअघि पनि मर्यादपुर र मौलापुर क्षेत्रमा यस्तै एकीकृत दलित बस्ती निर्माण सम्पन्न भइसकेको छ।

नगरपालिकाका अनुसार उक्त आयोजनाको लागत अनुमान ६ करोड ८७ लाख रुपैयाँ रहे पनि ठेक्का सम्झौता ४ करोड ३९ लाख रुपैयाँमा गरिएको छ। निर्माण कार्य एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ, जसबाट करिब ३० देखि ४० दलित परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ।

पृसा सृष्टि श्रीराम जेभी, सर्लाहीले निर्माण गरिरहेको यो परियोजना करिब १५ महिनाभित्र पूरा गर्ने सम्झौता गरिएको छ। नगरपालिकाले यस्ता बस्तीमा बसोबास गर्ने नागरिकलाई कर, शिक्षा र स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्दै आएको जनाएको छ।

एकीकृत दलित बस्ती निर्माण कार्यक्रमलाई सामाजिक समावेशीकरण र जीवनस्तर सुधारको प्रभावकारी पहलका रूपमा लिइएको छ, जसप्रति अन्य स्थानीय तहले समेत चासो देखाउन थालेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय