spot_img

होस्टलमा बालक मृत्यु प्रकरण: स्कुल सञ्चालक र पाले पक्राउ

spot_img
spot_img

सप्तरी,२० चैत । सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीय बालकको शंकास्पद मृत्यु प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विद्यालय सञ्चालक धीरेन्द्रप्रसाद चौधरी र होस्टलका पाले भोला मण्डल रहेका छन्। दुवैलाई आत्महत्या दुरुत्साहनको आरोपमा नियन्त्रणमा लिई ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतक खडक–९ लालपट्टीका धर्मेन्द्रकुमार साह विगत सात वर्षदेखि सो होस्टलमा बस्दै आएका थिए। उनी चैत ७ गते बिहान होस्टलमै झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

घटनापछि स्कुल प्रशासनले बालकलाई अस्पताल पुर्‍याएपछि मात्र परिवार र प्रहरीलाई जानकारी दिएको थियो। यसले घटनालाई थप शंकास्पद बनाएको परिवारको आरोप छ।

बालककी आमा ममता साहले छोरामाथि कुटपिट भएको, घटनाबारे ढिलाइ गरेर जानकारी दिइएको तथा घटना भएको समयमा सीसीटीभी बन्द गरिएको दाबी गरेकी छन्। यद्यपि, स्कुल सञ्चालककी श्रीमती शोभालाई भने अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन।

प्रहरीका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन थप अनुसन्धान जारी रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय