काठमाडौं–तराई द्रुतमार्गका लागि करिब १९ हजार रुख काट्न सरकारको अनुमति

spot_img

बीरगन्ज,२४ चैत । निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग परियोजनाका लागि करिब १९ हजार रुख काट्न सरकारले अनुमति दिएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त द्रुतमार्ग निर्माणका क्रममा पर्ने १८ हजार ९९८ वटा रुख हटाउन स्वीकृति प्रदान गरेको हो।

सरकारी निर्णयअनुसार काठमाडौं, ललितपुर र मकवानपुर जिल्लाका विभिन्न वन क्षेत्रको ४६.३९ हेक्टर जमिन प्रयोग गर्न पनि अनुमति दिइएको छ। सोही क्षेत्रभित्र पर्ने रुखहरू परियोजना कार्यान्वयनका लागि हटाइने जनाइएको छ।

बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले परियोजनाको निर्माण कार्यलाई तीव्र बनाउन आवश्यक वन क्षेत्र प्रयोग र रुख कटान सम्बन्धी निर्णय गरिएको जानकारी दिइन्।

द्रुतमार्गलाई राष्ट्रिय प्राथमिकताको पूर्वाधार परियोजनाका रूपमा लिइएको छ, जसले राजधानीलाई तराईसँग छोटो दूरीमा जोड्ने लक्ष्य राखेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय