spot_img

कलाकार ‘बले’ विरुद्ध न्यूयोर्कमा उजुरी

spot_img
spot_img

काठमाडौं,२६ चैत । हास्य कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकाको न्यूयोर्कमा एक नेपाली छात्राले गम्भीर आरोपसहित उजुरी दर्ता गराएकी छन्।

परिवार स्रोतका अनुसार न्यूयोर्कको क्विन्स क्षेत्रमा बस्दै आएकी ती छात्राले मंगलबार न्यूयोर्क पुलिस डिपार्टमेन्ट मा उजुरी दर्ता गराएकी हुन्।

यसअघि उनले सामाजिक सञ्जालमार्फत आरोप सार्वजनिक गरेपछि नेपालमा पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। हाल ‘बले’लाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

पीडित पक्षका अनुसार उजुरीपछि अमेरिकामा प्रहरीले छात्रालाई निगरानीमा राख्दै आवश्यक कानुनी, स्वास्थ्य तथा परामर्श सेवा उपलब्ध गराइरहेको छ।

घटनास्थल अमेरिका र आरोपित नेपालमा रहेकाले अब नेपाल प्रहरी र न्यूयोर्क प्रहरीले समन्वय गरी अनुसन्धान अघि बढाउने अपेक्षा गरिएको छ।

परिवारका सदस्यका अनुसार सुरुमा उजुरी नेपालमा दिने कि अमेरिकामा भन्ने विषयमा अन्योल हुँदा ढिलाइ भएको भए पनि अन्ततः अमेरिकामै उजुरी दिने निर्णय गरिएको हो। नेपालमा पनि उजुरी दिने विषयमा भने अझै टुंगो लागेको छैन।

spot_img

ताजा अपडेट

लोकप्रिय