जनकपुर विकास परिषद्का पूर्व कर्मचारीलाई ७ दिनभित्र कागजात बुझाउन चेतावनी

spot_img

जनकपुर,११ वैशाख । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ले निलम्बन तथा बर्खास्त गरिएका ६ जना पूर्व कर्मचारीलाई सरकारी कागजात तथा जिन्सी सामग्री सात दिनभित्र बुझाउन अल्टिमेटम दिएको छ। परिषद्का अध्यक्ष सितल साह पूर्वे ले सार्वजनिक सूचना जारी गर्दै पटक–पटक ताकेता गर्दा पनि आवश्यक कागजात बुझाइएको छैन र केही महत्वपूर्ण सामग्री लुकाइएको देखिएकाले तत्काल सम्पर्कमा आउन निर्देशन दिएका हुन्।

परिषद्का अनुसार वरिष्ठ प्रशासकीय अधिकृत चिरञ्जीवी ढुङ्गाना, कम्प्युटर अधिकृत कृष्ण मुरारी सिंह, अधिकृत जितेन्द्र कुमार यादव, लेखापाल सावित्री कुमारी गिरि, स्टोर किपर मदन कुमार चौधरी र नायब सुब्बा सञ्जय कुमार मण्डलले हालसम्म जिम्मेवारी हस्तान्तरण गरेका छैनन्।

परिषद्ले तीमध्ये अधिकांश कर्मचारी विशेष अदालत मा विचाराधीन मुद्दाका प्रतिवादीसमेत रहेको जनाएको छ। विशेष अदालतले चैत २ गते सम्बन्धित सक्कल कागजात झिकाउन आदेश दिए पनि कर्मचारीहरूले सहयोग नगरेको परिषद्को दाबी छ। अध्यक्ष पूर्वेलाई विशेष अदालतबाट वैशाख ८ गते प्राप्त पत्रका आधारमा यो सूचना जारी गरिएको हो। परिषद्ले तोकिएको समयभित्र कागजात तथा जिन्सी सामग्री नबुझाए कानुनअनुसार कडा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय