विस्कोको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान

spot_img

बीरगन्ज,११ वैशाख । बीरगन्ज बचत तथा ऋण सहकारी संस्था (विस्को) को २८औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन्।

शुक्रबार सम्पन्न कार्यक्रममा ३ महिलासहित ३० जना सहभागी भएको रक्त सञ्चार केन्द्र वीरगञ्ज ले जनाएको छ। रक्तदान गर्नेहरूमा गीता पौडेल, वर्षा शाक्य, युबराज खड्का, दीपेन्द्र साह, कृष्ण पटेल, विजयलाल नकर्मी, आशिष पौडेल, हिमांशु गुप्ता, नरेश चौधरी, राकेश कुमार गुप्ता, मदन पटेललगायत रहेका छन्।

संस्थाका अध्यक्ष डिल्ली बिक्रम कार्की को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रबन्धक बृजेश गुप्ता, सचिव ललिता आमात्य तथा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्तालगायतको उपस्थिति रहेको थियो।

संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान जस्ता कार्यक्रममार्फत समुदायमा योगदान दिँदै आएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय