विपन्न परिवारको विवाहमा कानु युथ बीरगन्जको साथ

spot_img

बीरगन्ज,११ वैशाख । आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्दै कानु युथ बीरगन्जले बाराको कलैया उपमहानगरपालिका–३ भवानीपुरमा एक परिवारलाई छोरीको विवाहका लागि खाद्यान्न सहयोग गरेको छ।

वैशाख १२ गते हिन्दु परम्पराअनुसार हुने विवाहलाई लक्षित गर्दै संस्थाले करिब २५ हजार रुपैयाँ बराबरको आवश्यक सामग्री प्रदान गरेको हो। सहयोगअन्तर्गत चामल, दाल, चिनी, आलु, प्याज, तेल, मैदा, बेसन, ग्यास सिलिन्डर तथा हरियो तरकारी लगायतका सामग्री हस्तान्तरण गरिएको थियो।

संस्थाका अनुसार समाजका विपन्न तथा असहाय परिवारलाई सहयोग गर्ने उद्देश्यले यस्ता सामाजिक गतिविधि निरन्तर सञ्चालन हुँदै आएका छन्।

संस्थाका सचिव श्रवण साह ले यस्ता सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे।

सहयोग वितरण कार्यक्रममा अध्यक्ष मनोज साह, सदस्य देवेन्द्र साह कानु, कानु समाज बाराका रमेश साह कानु तथा अजय साहलगायतको उपस्थिति रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय