काठमाडौँ,११ वैशाख । नेपाली कांग्रेस को संसदीय दलको नेताको आजका लागि तय गरिएको निर्वाचन स्थगित भएको छ। निर्वाचन समितिकी सदस्य मुना भुसाल का अनुसार नयाँ मिति भने अहिलेसम्म तोकिएको छैन। अब दलको नेता सहमतिमै चयन गर्ने प्रयासस्वरूप समिति गठन गरिएको छ।
उपसभापति विश्व प्रकाश शर्मा को नेतृत्वमा सात सदस्यीय समिति बनाइएको छ, जसले सहमतिको आधारमा नेतृत्व चयन गर्ने प्रयास गर्नेछ। समितिमा पुष्पा भुसाल, प्रदीप पौडेल, गुरुराज घिमिरे लगायत सदस्य रहेका छन्।
अब निर्वाचन हुने वा सहमतिमै नेता चयन हुने विषयमा केही समयमै निर्वाचन समितिले औपचारिक जानकारी सार्वजनिक गर्ने जनाएको छ।

