कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

spot_img

काठमाडौँ,१७ वैशाख । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो चार वर्षयताकै उच्च बिन्दुमा पुगेको छ। अमेरिका र इजरायलले इरानमा सैन्य आक्रमण सुरु गरेपछि उत्पन्न तनावका कारण आपूर्ति शृङ्खलामा असर पर्दा मूल्य तीव्र रूपमा बढेको हो।

ताजा तथ्याङ्क अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल ११९.७६ अमेरिकी डलरसम्म पुगेको छ, जुन सन् २०२२ को जुन महिनापछिको सबैभन्दा उच्च स्तर हो। यसअघि रुस–युक्रेन युद्धको समयमा सन् २०२२ को फेब्रुअरी–मार्चमा मूल्य करिब १३० डलरसम्म पुगेको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द गार्जियन का अनुसार हालको मूल्यवृद्धिमा राजनीतिक बयानबाजी पनि कारक बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानका बन्दरगाहमा नाकाबन्दी जारी रहने संकेत दिएपछि बजारमा थप अनिश्चितता बढेको बताइएको छ।

यसको प्रत्यक्ष असर महत्वपूर्ण तेल ढुवानी मार्ग स्ट्रेट अफ होर्मुजमा परेको छ। इरान नजिकको यो जलमार्ग विश्वको ठूलो मात्रामा कच्चा तेल ढुवानी हुने प्रमुख मार्ग हो। हालको तनावका कारण त्यहाँ व्यापारिक जहाजहरूको आवागमन प्रभावित भएको छ, जसले विश्वव्यापी आपूर्ति शृङ्खलामा दबाब सिर्जना गरेको छ।

विश्लेषकहरूका अनुसार समुद्री मार्गमा बढ्दो असुरक्षा र ढुवानी अवरुद्ध हुँदा तेल तथा ग्यासको आपूर्ति घट्दै गएको छ, जसको प्रभाव अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र महँगीका रूपमा देखिन थालेको छ। अमेरिका र इरानबीच वार्ताका प्रयास भइरहे पनि अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय