मधेस सरकारबाट जनमत पार्टीको समर्थन फिर्ता

spot_img

जनकपुर,२४ वैशाख  । मधेस प्रदेश सरकारको सत्ता समीकरणमा नयाँ मोड आएको छ। जनमत पार्टीले मुख्यमन्त्री नेतृत्वको मधेस प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ।

प्रदेश प्रमुखको कार्यालय, जनकपुरधामले बुधबार विज्ञप्ति जारी गर्दै जनमत पार्टीले सरकारप्रतिको समर्थन फिर्ता गरेको जानकारी दिएको हो। कार्यालयका अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठित सरकारलाई दिएको समर्थन फिर्ता लिएको व्यहोरा उल्लेख भएको पत्र प्राप्त भएको छ।

जनमत पार्टीले असार २२ गतेदेखि लागू हुने गरी समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखसमक्ष बुझाएको जनाएको छ। प्रदेश प्रमुखको कार्यालयले उक्त जानकारी सम्बन्धित निकायलाई समेत पठाइसकेको बताइएको छ।

जनमत पार्टीको यो निर्णयसँगै मधेस प्रदेशको वर्तमान सत्ता समीकरण थप जटिल बनेको छ। सरकारको बहुमत स्थिति प्रभावित हुने सम्भावना बढेपछि प्रदेश राजनीतिमा नयाँ समीकरणको चर्चा सुरु भएको छ।

हालसम्म मुख्यमन्त्री पक्षबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरिएको छैन।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय