spot_img

सेयर बजारमा उत्साह, नेप्से २७ अंकले उकालो

spot_img
spot_img

काठमाडौं,२५ वैशाख । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ। निरन्तर सुधारको लय समातेको बजारमा नेप्से परिसूचक २७.४९ अंकले बढ्दै २७४५ अंकमा पुगेको छ। यो वृद्धि करिब १ प्रतिशत बराबर हो भने आजको अंक दिनभरकै उच्च विन्दु समेत बनेको छ।

बजार खुलेदेखि नै खरिदकर्ता सक्रिय देखिएका कारण कारोबार अन्तिम समयसम्म हरियालीमै रह्यो। अघिल्लो दिन पनि बजारमा सामान्य सुधार देखिएको थियो। यससँगै समग्र साप्ताहिक कारोबारमा नेप्सेले स्थिरता र सुधारको संकेत दिएको विश्लेषण गरिएको छ।

कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। बिहीबार करिब २ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको बजारमा शुक्रबार ३ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। कारोबारमा सहभागी अधिकांश कम्पनीको मूल्य बढेको छ। आज २३५ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनी घटेका छन् भने ८ कम्पनी स्थिर रहे।

क्षेत्रगत सूचकतर्फ व्यापार समूह बाहेक सबै उपसूचक हरियालीमा देखिएका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, बीमा, उत्पादन तथा प्रशोधनलगायत अधिकांश क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ।

आजको कारोबारमा त्रिशूली जलविद्युत् को सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। त्यसैगरी होटल फरेस्ट इन, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक तथा पियोर इनर्जी का लगानीकर्ताले पनि राम्रो लाभ कमाएका छन्।

यता गिरावटतर्फ स्वाबलम्बन लघुवित्त को सेयर मूल्य सबैभन्दा धेरै घटेको छ। कारोबार रकमका आधारमा भने होटल फरेस्ट इन, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, ङादी ग्रुप र रिडी पावर अग्रस्थानमा रहे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय