spot_img

हर्क साम्पाङद्वारा संसद् बैठक बहिस्कार

spot_img
spot_img

काठमाडौँ,३० वैशाख । नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै हर्क साम्पाङ ले संसद् बैठक बहिस्कार गरेका छन् ।

छलफलका क्रममा प्रधानमन्त्रीको सट्टा स्वर्णिम वाग्ले ले प्रस्ताव प्रस्तुत गर्ने तयारी भएपछि साम्पाङले आपत्ति जनाउँदै उठेर विरोध गरेका थिए । त्यस क्रममा उनले राजीनामा मागसमेत गरेका थिए ।

सभामुखले प्रमुख प्रतिपक्षी दललाई बोल्ने समय दिएपछि साम्पाङ बैठक छाडेर बाहिरिएका हुन् । उनी श्रम संस्कृति पार्टी का अध्यक्ष हुन् । संसद् बैठकमा भएको यस घटनापछि केहीबेर वातावरण तनावपूर्ण बनेको बताइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय