आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्नेमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिन खोजेपछि विपक्षी सांसदहरूले संसद्मा विरोध जनाएका हुन्।
विपक्षी सांसदहरूले प्रधानमन्त्री संसद्मा अनुपस्थित रहनुलाई गैरजिम्मेवार व्यवहारको संज्ञा दिँदै तत्काल उपस्थित हुन माग गरेका थिए। उनीहरूले “प्रधानमन्त्री कहाँ छन्?” भन्दै नाराबाजीसमेत गरेका थिए।
आजबाट नीति तथा कार्यक्रममाथि औपचारिक छलफल सुरु हुने कार्यसूची रहेको छ। तर प्रधानमन्त्री अनुपस्थित भएपछि बैठक केही समय तनावग्रस्त बनेको थियो।