spot_img

प्रधानमन्त्रीलाई र्‍याप हान्न होइन, जवाफ दिन बोलाएका हौं : ज्ञानेन्द्र शाही

spot_img
spot_img

काठमाडाै,३० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री संसद्मा उपस्थित भएर जनतासँग सम्बन्धित विषयमा जवाफ दिनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाएका हुन् । उनले संसद् मनोरञ्जन गर्ने ठाउँ नभई सरकारलाई जवाफदेही बनाउने थलो भएको टिप्पणी गरे ।

“प्रधानमन्त्रीलाई संसद्मा पप गीत गाउन वा र्‍याप हान्न बोलाइएको होइन, जनताका प्रश्नको जवाफ दिन बोलाइएको हो,” भन्दै शाहीले कटाक्ष गरे ।

उनले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा अनुपस्थित हुँदा अहिले सत्तामा रहेका दलकै सांसदहरूले बैठक अवरुद्ध गरेको प्रसंग पनि स्मरण गराए । प्रधानमन्त्रीको उपस्थितिलाई लिएर दोहोरो मापदण्ड अपनाउन नहुने उनको भनाइ थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय