spot_img

बीरगन्जमा माछा–मासु व्यवसाय व्यवस्थित बनाउन सहमति, अनुगमन र मूल्य नियन्त्रण कडाइ हुने

spot_img
spot_img

बीरगन्ज,३१ वैशाख । माछा तथा मासु बिक्रीमा उपभोक्ता ठगिएको गुनासो बढेपछि पर्सा प्रशासनले सरोकारवालासँग छलफल गर्दै व्यवसाय सुधारका लागि विभिन्न निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्सा मा बिहीबार भएको छलफलमा नियमनकारी निकाय, उपभोक्ता अधिकारकर्मी तथा माछा–मासु व्यवसायीहरूको सहभागिता रहेको थियो।

छलफलमा खसीको नाममा बाख्राको मासु बिक्री गर्ने, सरसफाइमा लापरवाही, मूल्यमा असमानता तथा कम तौल दिने जस्ता समस्या उठाइएको थियो।

उपभोक्ता हित संरक्षण मञ्च नेपालले बजारमा देखिएका बेथितिबारे प्रशासनको ध्यानाकर्षण गराएपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले विषयलाई गम्भीर रूपमा लिँदै व्यवसायलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन पहल गरेका हुन्।

छलफलपछि बजार अनुगमनलाई थप प्रभावकारी बनाउने, सबै पसलमा मूल्यसूची अनिवार्य राख्ने, मासुको स्पष्ट पहिचान खुलाएर मात्र बिक्री गर्ने तथा ठगी गर्ने व्यवसायीमाथि कारबाही गर्ने निर्णय गरिएको छ।

यस्तै, सरसफाइमा विशेष ध्यान दिने, मूल्य एकरूपता कायम गर्न व्यवसायीबीच समन्वय गर्ने, उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा नियमित अनुगमन जारी राख्ने सहमति पनि भएको छ।

प्रमुख जिल्ला अधिकारी दाहालले उपभोक्ताको स्वास्थ्य र अधिकारमाथि कुनै सम्झौता नहुने स्पष्ट पार्दै सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।

व्यवसायीहरूले पनि पारदर्शी र जिम्मेवार ढंगले व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय