spot_img

नीतिगत बहसको केन्द्रमा पुगे कञ्चन झा, ‘ग्रीन टेबल’ श्रृंखलाको संयोजक नियुक्त

spot_img
spot_img

बीरगन्ज,०४ जेठ ।  नेपाली काङ्ग्रेसले थालेको सार्वजनिक बहस मञ्च ‘ग्रिन टेबल’को संयोजनको जिम्मेवारी युवा नेता कञ्चन झाले पाएका छन्। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले झालाई ग्रिन टेबल उपसमितिको संयोजक चयन गरेको हो।

ग्रिन टेबल श्रृङ्खलालाई नीतिगत विमर्श, वैचारिक बहस र सार्वजनिक अन्तरक्रियाको प्रभावकारी थलोका रूपमा विकास गर्ने ग्रिन टेबल उपसमितिका संयोजक झाको भनाइ छ।

झा नेपाली कांग्रेसमा वैचारिक बहस, नीतिगत सुधार तथा युवा परिचालनका क्षेत्रमा सक्रिय छन्। विशेषगरी युवापुस्तालाई नीति, विचार र लोकतान्त्रिक अभ्याससँग जोड्ने अभियानमा उनी सक्रिय देखिन्छन्।

पार्टीका उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न विषयगत समिति र सार्वजनिक संवादका कार्यक्रममार्फत पार्टीको वैचारिक आधारलाई थप मजबुत बनाउने लक्ष्य लिएको छ।

ग्रीन टेबल यही प्रतिष्ठानले शुरू गरेको त्यस्तो मञ्च हो, जहाँ समसामयिक राष्ट्रिय विषय, नीति निर्माण, लोकतान्त्रिक अभ्यास, सुशासन, सामाजिक न्याय तथा सार्वजनिक सरोकारका सवालमा छलफल र अन्तरक्रिया हुन्छ।

संयोजकको जिम्मेवारी पाएका झा भन्छन्, “ग्रिन टेबल श्रृंखलाको नामकरण पनि प्रतीकात्मक अर्थसँग जोडिएको छ। हरियो रंग नेपाली कांग्रेसको राजनीतिक पहिचान र रूख चिन्हसँग सम्बन्धित छ। यसले देश, कृषि, वनजङ्गल, जनजीवन र जीवन्त सामाजिक यथार्थको प्रतिनिधित्व गर्ने सन्देश बोकेको छ।”

ग्रीन टेबल श्रृङ्खलालाई सार्वजनिक नीति र लोकतान्त्रिक संस्कृतिबीचको संवादको थलो बनाउने झाको प्रतिबद्धता छ।

युवापुस्ताको सक्रिय सहभागिता, विज्ञहरूको सुझाव तथा नागरिक समाजको आवाजलाई नीतिगत बहससँग जोड्दै ग्रिन टेबल श्रृङ्खलामार्फत लोकतान्त्रिक विमर्शलाई अझ प्रभावकारी बनाइने पनि उनको भनाइ छ।

‘ग्रीन टेबल’ अन्तर्गत नीतिगत सुधार आवश्यक रहेका विभिन्न सामयिक विषयमा केन्द्रित भई हप्तामा १ पटक विज्ञहरू सम्मिलित अन्तर्क्रिया गरिनेछ। जहाँबाट आउने निचोडलाई पार्टीका नेता तथा जनप्रतिनिधिहरूको नियमित कार्यशालाले थप परिष्कृत गर्दै सम्बन्धित विषयमा नीतिगत सुधारका लागि पार्टीलाई मार्गदर्शन गर्नेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय