spot_img

सिराहामा ब्रउनसुगर सहित ३ जना पक्राउ

spot_img
spot_img

सिराहा,०७ जेठ । सिराहा प्रहरीले २६ ग्रामभन्दा बढी प्रतिबन्धित लागूपदार्थसहित ३ जनालाई पक्राउ गरेको छ। सिराहा–चोहर्वा सहायक सडक अन्तर्गत विष्णुपुर गाउँपालिका १ बाट जिल्लाकै औरही गाउँपालिका ४ का ३२ वर्षीय रामउदगार यादव, सिराहा नगरपालिका २२ का ३६ वर्षीय राम बिलेक्षण यादव र भारत विहारको मधुवनी ग्राम पञ्चायत खाजेडी ५ का अन्दाजी २१ वर्षीय चन्दन कामतीलाई २६ ग्राम १८० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो गोलबजार र इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सिराहाबाट काठमाडौँ जाँदै गरेको बा।प्र।०३–००१ ख ३५३७ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्दा रामउदगार यादवको साथबाट उक्त लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।

उनीहरूको साथबाट एक थान डिजीटल तराजुसमेत फेला परेको प्रहरीले बताए। उनीहरूलाई आजै जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय