spot_img

श्रीपुरमा भुनेश्वरनाथ महादेव मन्दिर निर्माण तीव्र, ६० प्रतिशत काम सम्पन्न

spot_img
spot_img

वीरगन्ज,११ जेठ । वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित श्री भुनेश्वरनाथ महादेव मन्दिर को निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। हालसम्म करिब ६० प्रतिशत निर्माण सम्पन्न भइसकेको र बाँकी काम असार १० गतेभित्र सक्ने लक्ष्य राखिएको निर्माण समितिले जनाएको छ।

उपभोक्ता समितिका सदस्य इशान महत्तोका अनुसार मन्दिर निर्माणका लागि करिब रु २४ लाख ७६ हजार ४४८ रुपैयाँ २ पैसाको लागत अनुमान गरिएको छ। यसमध्ये रु १ लाख ३६ हजार ४४८ रुपैयाँ २ पैसाबराबरको योगदान जनश्रमदानमार्फत जुटाइएको छ।

निर्माण कार्यका लागि २०८३ वैशाख ४ गते सम्झौता गरिएको थियो भने असार १० गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको हो। स्थानीय बासिन्दा तथा उपभोक्ता समितिका पदाधिकारीहरू सक्रिय रूपमा खटिँदा निर्माणले गति लिएको बताइएको छ।

मन्दिर निर्माणका लागि बजेट मधेस प्रदेश सरकार अन्तर्गत धार्मिक तथा पर्यटन क्षेत्रबाट लालबाबु राउत गद्दी को पहलमा उपलब्ध भएको हो।

दिपु महत्तो धानुकको अध्यक्षतामा गठन गरिएको उपभोक्ता समितिमा सरोज कानु (सचिव) र जोशी मण्डल धानुक (कोषाध्यक्ष) रहेका छन्। सदस्यहरूमा किसान महत्तो, अर्जुन महत्तो धानुक, माधव शाह कानु, प्रसन्न महत्तो र विकास शाह छन् भने सल्लाहकारमा जङ्गी महत्तो धानु, बृजकिशोर महत्तो र मन्दिरका बाबा कृष्णगिरी रहेका छन्।

निर्माण कार्य मिस्त्री ध्रुव महत्तोको नेतृत्वमा करिब एक दर्जन मजदुरले गरिरहेका छन्। स्थानीयवासीको सक्रिय सहभागितासँगै तोकिएको समयमै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय