spot_img

कम भोल्टेजले गौरका बासिन्दा समस्यामा, दैनिक जनजीवन प्रभावित

spot_img
spot_img

रौतहट,११ जेठ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको गौर वितरण केन्द्रबाट आपूर्ति हुने विद्युत् दुई दिनदेखि कम भोल्टेजमा आउँदा राैतहटकाे गौर नगरपालिका–२ का स्थानीयवासी समस्यामा परेका छन्।

स्थानीयका अनुसार रातिदेखि सुरु भएको भोल्टेज समस्या आइतबारसम्म पनि समाधान हुन सकेको छैन। अत्यधिक गर्मीका बेला कमजोर भोल्टेजका कारण पङ्खा, फ्रिजलगायत घरायसी विद्युतीय उपकरण सञ्चालन गर्न कठिन भएको छ। यसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीहरूलाई बढी प्रभावित बनाएको छ।

कतिपय स्थानमा बत्ती मधुरो बल्ने र केही क्षेत्रमा झन् अन्धकारजस्तै अवस्था देखिएको स्थानीयको गुनासो छ। “दुई दिनदेखि बत्ती राम्रोसँग बल्दैन, पङ्खा चल्दैन, गर्मीले निकै सताएको छ,” एक स्थानीयले बताए।

कम भोल्टेजका कारण दैनिक जनजीवन अस्तव्यस्त बन्दै गएको भन्दै उपभोक्ताहरूले विद्युत् प्राधिकरणप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले तत्काल प्राविधिक समस्या पहिचान गरी नियमित र पर्याप्त भोल्टेजसहितको विद्युत् आपूर्ति सुनिश्चित गर्न माग गरेका छन्।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा गौर वितरण केन्द्रका प्रमुख सम्पर्कमा आउन चाहेनन्। स्थानीयले दीर्घकालीन समाधानका लागि विद्युत् आपूर्ति प्रणाली सुधार र नियमित अनुगमन आवश्यक रहेको औंल्याएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय