spot_img

पर्सा राष्ट्रिय निकुञ्जबाट जरायोको मासुसहित २ जना पक्राउ

spot_img
spot_img

बीरगन्ज,११ जेठ । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवैध रूपमा वन्यजन्तु शिकार तथा ओसारपसारमा संलग्न दुई जनालाई सुरक्षाकर्मीले पक्राउ गरेका छन्।
निकुञ्ज प्रशासनका अनुसार, जेठ ८ गते तामागढीबाट करिब ३ किलोमिटर पश्चिम रहेको निकुञ्जको कोर क्षेत्रमा संयुक्त गस्ती टोलीले करिब ३ किलो जरायोको मासुसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उक्त टोलीमा पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी र नेपाली सेनाको श्री सबुज गण सहभागी थिए। प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरू निकुञ्जको मध्यवर्ती क्षेत्र आसपास बसोबास गर्ने स्थानीय बासिन्दा रहेको खुलेको छ।

उनीहरू लामो समयदेखि निकुञ्जभित्र अवैध शिकार तथा वन्यजन्तुको ओसारपसारमा संलग्न रहेको आशंका गरिएको निकुञ्ज प्रशासनले जनाएको छ।
यसैबीच, पछिल्ला तीन महिनामा सुरक्षाटोलीले निकुञ्जका विभिन्न क्षेत्रबाट चार थान भरुवा बन्दूकसहित सात जना शिकारी पक्राउ गर्नुका साथै ठूलो मात्रामा जरायोको मासु बरामद गरेको जनाएको छ।

पक्राउ परेकाहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत हिरासतमा राखी थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको निकुञ्ज प्रशासनले जानकारी दिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय