spot_img

नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क भिसा लागू

spot_img
spot_img

काठमाडौं,१३ जेठ । श्रीलङ्काले नेपालसहित ४० देशका नागरिकका लागि ३० दिनसम्मको नि:शुल्क पर्यटक भिसा व्यवस्था लागू गरेको छ। नयाँ नियम मे २५, २०२६ देखि कार्यान्वयनमा आएको हो।

काठमाडौंस्थित श्रीलङ्काली दूतावासका अनुसार अब नेपाली नागरिकले श्रीलङ्का भ्रमण गर्दा भिसा शुल्क तिर्नुपर्ने छैन। तर, यात्रा अघि अनिवार्य रूपमा अनलाइन ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन ’ भने लिनुपर्नेछ।

यो सुविधाअन्तर्गत पर्यटकले पहिलो प्रवेश मितिबाट ३० दिनभित्र अधिकतम दुई पटक प्रवेश गर्न पाउनेछन्। साधारण, कूटनीतिक र सरकारी सबै प्रकारका राहदानी बोक्ने नेपाली नागरिक यसका लागि योग्य हुने दूतावासले जनाएको छ।

यदि पर्यटकले ३० दिनभन्दा बढी बस्न चाहेमा भने तोकिएको शुल्क तिरेर भिसा अवधि थप गर्न सक्नेछन्। दूतावासका अनुसार मे २५, २०२६ अघि ETA शुल्क बुझाइसकेका व्यक्तिहरूलाई भने रकम फिर्ता नहुने स्पष्ट गरिएको छ।

नेपालसँगै भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, चीन, मलेसिया लगायत देशका नागरिक पनि यो सुविधामा समेटिएका छन्। साथै, माल्दिभ्सका नागरिकले भने द्विपक्षीय व्यवस्थाअनुसार ९० दिनसम्मको नि:शुल्क भिसा पाउने व्यवस्था यथावत रहेको छ। यो निर्णयले श्रीलङ्काको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको मानिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय