काठमाडौं,१३ जेठ । नेपाली कम्युनिस्ट पार्टीका सांसद जोग कुमार बरबरिया यादवले अदालत र मालपोत जग्गा दलालको पक्षमा हुँदा नागरिकले दु:ख पाएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले धनुषाको कमलामाइ नगरपालिकामा यस्तो भएको बताएका हुन् । त्यस क्षेत्रमा पाँच वर्ष अगाडि उब्जनी खेत गरेको किनबेचमा गडबडी गरिएको र नागरिकले दु:ख पाएको उनले बताए ।
‘धनुषामा त्यहाँको अदालत र मालपोत जमिन दलालको पक्षमा छ । जनता न्यायको पक्षमा छ’ उनले भने ।



