spot_img

मधेश प्रदेशमा बजेट खर्च सुस्त: १९.४ प्रतिशतमै सीमित

spot_img
spot_img

बीरगन्ज,२३ जेठ । मधेश प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट खर्च निराशाजनक देखिएको छ। जेठ २१ गतेसम्म कुल विनियोजित बजेटको मात्र १९.४ प्रतिशत खर्च भएको तथ्यांक सार्वजनिक भएको छ।

प्रदेशको कुल ४६ अर्ब ९८ करोडभन्दा बढी बजेटमध्ये हालसम्म करिब ९ अर्ब ११ करोड रुपैयाँ मात्र खर्च भएको मधेश प्रदेश अर्थ मन्त्रालय ले जनाएको छ।

अर्थमन्त्री युवराज भट्टराई का अनुसार खर्चको ठूलो हिस्सा चालुतर्फ गएको छ। हालसम्म चालु खर्च करिब ५ अर्ब ३२ करोड पुगेको छ भने पुँजीगत खर्च करिब ३ अर्ब ७९ करोडमा सीमित रहेको छ।

पछिल्लो एक सातामा भने खर्चमा सामान्य वृद्धि देखिएको छ। जेठ १३ गतेसम्म ८ अर्ब ७५ करोड खर्च भएकोमा जेठ २१ सम्म आइपुग्दा झन्डै ३६ करोड रुपैयाँ थपिएको छ।

अर्थ मन्त्रालयले मन्त्री भट्टराईको जिम्मेवारी सम्हालेपछि हरेक साता खर्च विवरण सार्वजनिक गर्दै आएको छ। तर बजेट कार्यान्वयनको गति भने अझै सन्तोषजनक देखिएको छैन, जसले विकास योजनाको प्रभावकारितामाथि प्रश्न उठाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय