spot_img

औषधि व्यवस्था विभागलाई क्षमता वृद्धि गर्न मन्त्री मेहताको निर्देशन

spot_img
spot_img

काठमाडौँ,२३ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बजारमा देखिएको औषधि अभावलाई तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

औषधि व्यवस्था विभागको अनुगमनपछि मन्त्री मेहताले विशेषगरी क्यान्सरलगायत अत्यावश्यक औषधिको आपूर्ति अवरुद्ध हुन नदिन कडाइका साथ काम गर्न आग्रह गरिन्। उनले आपूर्ति तथा वितरण अनुमति पर्खिरहेका कम्पनीहरूको स्थलगत निरीक्षण गरी प्रक्रिया छिटो अघि बढाउन पनि निर्देशन दिएकी छन्।

मन्त्री मेहताले विभागको नियमन क्षमता बढाउन सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै तत्काल सुधारका लागि आवश्यक स्रोतसाधन र जनशक्तिको विवरण पेश गर्न आग्रह गरिन्।

त्यसैगरी, सरकारी निःशुल्क औषधि तथा स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध औषधिको गुणस्तर परीक्षणलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिइन्।
अनुगमनका क्रममा औषधि व्यवस्था विभाग की निमित्त महानिर्देशक शिवानी खड्गी ले विभागको वर्तमान कामकारबाहीबारे जानकारी गराएकी थिइन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय