spot_img

ट्रम्प कार्यकालमा चार हजार ६०० भन्दा बढी भारतीय डिपोर्ट

spot_img
spot_img

काठमाडौं,२३ जेठ । अमेरिकामा आप्रवासन नीतिमा कडाइ बढेसँगै ठूलो संख्यामा भारतीय नागरिकहरू देशनिकाला गरिएको तथ्य सार्वजनिक भएको छ।

डोनाल्ड ट्रम्प को १७ महिनाको कार्यकालमा ४ हजार ६ सयभन्दा बढी भारतीय नागरिकलाई अमेरिकाबाट डिपोर्ट गरी भारत पठाइएको भारतीय पक्षले जनाएको छ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवाल ले पत्रकारहरूसँग कुरा गर्दै यो तथ्याङ्क सार्वजनिक गरेका हुन्। उनका अनुसार सन् २०२५ मा ३,५६७ जना र सन् २०२६ को हालसम्म १,०७६ जना भारतीय नागरिकलाई अमेरिका फर्काइएको छ।

यस अवधिमा अमेरिकाले अवैध रूपमा बसोबास गरिरहेका, भिसा अवधि सकिएपछि पनि बसिरहेका वा आवश्यक कागजातविहीन व्यक्तिहरूलाई लक्षित गर्दै डिपोर्ट प्रक्रिया अघि बढाएको हो।

भारतको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई फिर्ता लिनु अन्तर्राष्ट्रिय अभ्यासअनुसार सबै देशको जिम्मेवारी भएको स्पष्ट पारेको छ। तर यस्तो प्रक्रियामा व्यक्तिको राष्ट्रियता प्रमाणीकरण अनिवार्य हुने पनि जनाएको छ।

यसैबीच भारतले डिपोर्ट गरिएका व्यक्तिहरूको पहिचान आफ्ना सुरक्षा तथा सम्बन्धित निकायमार्फत कडाइका साथ जाँच्ने र भारतीय नागरिक पुष्टि भएपछि मात्र स्वीकार गर्ने प्रक्रिया अपनाउँदै आएको बताइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय