spot_img

विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

spot_img
spot_img

काठमाडौँ,२५ जेठ । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको छ। विपक्षी दलहरूको अवरोधका कारण कार्यसूची अघि बढ्न नसकेपछि बैठक स्थगन गरिएको हो।

सुरुमा १५ मिनेटका लागि स्थगित गरिएको बैठक पछि संघीय संसद् सचिवालयले सूचना जारी गर्दै भोलि (मङ्गलबार) दिउँसो १ बजेसम्मका लागि बैठक सारिएको जनाएको छ।

सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै बैठक स्थगित गरिएको जानकारी दिएका हुन्।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह ले जेठ १७ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्ति—नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने भनाइ—संसदीय रेकर्डबाट हटाउनुपर्ने माग गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले रोष्ट्रमबाट माफी माग्नुपर्ने अडान राख्दै लगातार संसद् अवरुद्ध गर्दै आएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय