spot_img

रास्वपा सिरहा अधिवेशनमा नेतृत्व चयन विवाद, सांसदहरूको हस्तक्षेपपछि तनाव

spot_img
spot_img

सिरहा,२५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहा जिल्ला अधिवेशन नेतृत्व चयनको विषयलाई लिएर विवादित बनेको छ। जिरोमाइलमा जारी अधिवेशनमा सहमति नजुट्दा स्थिति तनावपूर्ण बनेको हो।

अधिवेशनमा सभापतिका लागि सुभाष यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनाली प्रतिस्पर्धामा छन्। तर नेतृत्व चयनको विषयमा सहमति नहुँदा विवाद चर्किएको हो।

यसैबीच, पार्टीका मधेश प्रदेश सभापति तथा सिरहा–४ का सांसद तपेश्वर यादव, क्षेत्र नम्बर २ का सांसद शिव यादव, क्षेत्र नम्बर १ का सांसद बब्लु गुप्ता, क्षेत्र नम्बर ३ का सांसद शम्भु यादव र समानुपातिक सांसद पुरुषोत्तम यादवले उम्मेदवारहरूबीच सहमति गराउने प्रयास गरेका थिए।

तर सहमति नजुटेपछि आज दिउँसो २ बजेदेखि मतदान गर्ने तयारी गरिएको थियो। अधिवेशनमा धाँधली भएको आरोपसमेत लागेपछि वातावरण थप विवादित बनेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय