spot_img

नेप्से २० अंकले घट्यो

spot_img
spot_img

काठमाडौं,२५ जेठ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २०. २७ अंक घटेको छ । यसअघि शुक्रबार ११ तथा बिहीबार १३ अंकले बजार परिसूचक नेप्से घटेको थियो । आजको कारोबारपछि नेप्से २७३५ अंकमा अडिएको छ ।

आज कारोबार सुरु भएको ५ मिनेटपछि नै झर्न थालेको बजार अन्तिम समयसम्म रातो अंकमा रह्यो ।

४१ कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने ६ को स्थिर रह्यो । कारोबार रकम डेढ अर्ब बढी घटेको छ । अघिल्लो दिन ५ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८ करोडको भयो ।

फाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन् । फाइनान्स ०.२६ प्रतिशत बढ्यो । अन्य, व्यापार र विकास बैंक सूचक १ प्रतिशतभन्दा धेरै घटे । व्यापार १.७७, अन्य १.५०, निर्जीवन बीमा ०.८३, माइक्रोफाइनान्स ०.५२, उत्पादन तथा प्रशोधन ०.४४, जीवन बीमा ०.५४, लगानी ०.३८, हाइड्रोपावर ०.९५, होटल तथा पर्यटन ०.७१, विकास बैंक १.०३ तथा बैंकिङ ०.४५ प्रतिशत घटे ।

कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १३. ११, सोपान फर्मास्युटिकल्सको ९.९८, सामुदायिक लघुवित्तको ८.८५ प्रतिशत मूल्य बढ्यो ।

उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.१४ प्रतिशत घट्यो । सयपत्रि हाइड्रोपावरको ६.०१, सूर्यकुन्ड हाइड्रोको ३.७१ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएकामा कम्पनीमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत्, सिटी होटल, रिलायन्स स्पिनिङ मिल्स र नेसनल हाइड्रोपावर क्रमशः अगाडि रहे ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय