काठमाडौं,११ असार । राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थगित गरिएको छ। बुधबार दिउँसो १ः१५ बजेका लागि तय गरिएको बैठक विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित गरिएको हो।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा विशेष कारणवश् निर्धारित समयमा बैठक सञ्चालन गर्न नसकिने उल्लेख गर्दै अब बैठक शुक्रबार दिउँसो १ः१५ बजे बस्ने गरी समय निर्धारण गरिएको जनाइएको छ।
राष्ट्रिय सभाको अघिल्लो बैठक असार ५ गते बसेको थियो। त्यसयता ६ दिनपछि बस्ने गरी आजका लागि बैठक बोलाइए पनि अन्तिम समयमा सूचना जारी गर्दै स्थगित गरिएको हो।
यसअघि प्रतिनिधिसभाको बिहीबारका लागि निर्धारित बैठक पनि स्थगित गरिएको थियो। संसद्का दुवै सदनका बैठक लगातार प्रभावित भइरहेका बेला राष्ट्रिय सभाको बैठकसमेत नबस्दै स्थगित भएको हो।




