spot_img

देवताल गाउँपालिकाले सार्वजनिक गर्‍यो ३९ करोड ७० लाखको बजेट

spot_img
spot_img

बीरगन्ज,११ असार । बाराको देवताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३९ करोड ७० लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १६औँ गाउँसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।

गाउँसभा गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। सभामा उपाध्यक्ष सितापति देवी यादवले आगामी आर्थिक वर्षका लागि कुल ३९ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो।

गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, रोजगार प्रवर्द्धन तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ। स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गर्दै विकास निर्माणलाई गति दिने तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्य बजेटले लिएको गाउँपालिकाको भनाइ छ।

त्यसैगरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, समावेशी विकासलाई प्रवर्द्धन गर्ने तथा आधारभूत पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम समेटिएको जनाइएको छ।

गाउँसभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो। प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरी गाउँसभाबाट अनुमोदन गरिने जनाइएको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत विकास निर्माण, सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय