spot_img

बारामा विषालु सर्पले दंशेपछि १ किशोरको अवस्था गम्भीर

spot_img
spot_img

बीरगन्ज,११ असार । बाराको आदर्श कोतवाल गाउँपालिका–१ चिउटाहामा विषालु सर्पले दंशेपछि एक किशोर गम्भीर बिरामी भएका छन्।

गम्भीर घाइते हुनेमा स्थानीय भैरो यादवका १५ वर्षीय छोरा मनोज यादव रहेका छन्। प्रहरीका अनुसार बुधबार राति करिब १० बजे घरभित्र रहेको दराज खोल्ने क्रममा दराजभित्र लुकेको विषालु सर्पले उनलाई दंशेको थियो।

सर्पदंश भएपछि मनोजको स्वास्थ्य अवस्था बिग्रिएपछि परिवारका सदस्यहरूले तत्काल उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याएका थिए। अस्पताल स्रोतका अनुसार उनको अवस्था चिन्ताजनक रहेको छ र सघन उपचार भइरहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्र जयनगरबाट प्रहरी नायब निरीक्षक अजय बहादुर क्षेत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान तथा विवरण संकलन गरिरहेको जनाएको छ।

वर्षायाम सुरु भएसँगै तराईका जिल्लाहरूमा सर्पदंशका घटनाहरू बढ्न थालेका छन्। स्वास्थ्यकर्मीहरूले घर तथा वरपरका स्थानहरू सफा राख्न र सर्प देखिएमा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय