spot_img

जेठ महिनामा देशभर १ हजारभन्दा बढी लागूऔषध कारोबारमा संलग्न पक्राउ

spot_img
spot_img

काठमाडौं,११ असार । नेपाल प्रहरीले गत जेठ महिनामा देशभर सञ्चालन गरेको अभियानका क्रममा लागूऔषध कारोबारमा संलग्न १ हजार ३६ जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पक्राउ परेकामध्ये उपत्यकाबाट १६९ जना, कोशी प्रदेशबाट २१२ जना, मधेश प्रदेशबाट ७३ जना, बागमती प्रदेशबाट १३७ जना, गण्डकी प्रदेशबाट ४६ जना, लुम्बिनी प्रदेशबाट १८२ जना, कर्णाली प्रदेशबाट ५२ जना र सुदूरपश्चिम प्रदेशबाट ११५ जना रहेका छन्। त्यस्तै लागूऔषध नियन्त्रण ब्यूरोबाट थप ५० जना पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सोही अवधिमा ठूलो परिमाणमा लागूऔषध पनि बरामद गरिएको छ। प्रहरीले ३ हजार ७३० किलोभन्दा बढी गाँजा, ७४६ ग्राम चरेस, २ किलोभन्दा बढी हेरोइन, ९३ किलोभन्दा बढी अफिम, १ किलो ५०० ग्राम कोकिन र ८ किलोभन्दा बढी पोलेन बरामद गरेको छ।

त्यसैगरी डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन, ट्रामाडोल, नाइट्राभेट र स्पास्मो जस्ता विभिन्न नियन्त्रित औषधिजन्य पदार्थहरू समेत ठूलो मात्रामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगले समाजमा पार्ने नकारात्मक असरबारे सचेतना फैलाउन समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न जनचेतनामूलक गतिविधिहरू पनि सञ्चालन भइरहेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय