spot_img

मधेशका सांसदसँग रास्वपा सभापति लामिछानेको संगठनात्मक छलफल

spot_img
spot_img
काठमाडौं,०३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवी लामिछानेले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूसँग संगठनात्मक विषयमा छलफल गरेका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको भेटमा पार्टीको मधेश प्रदेशमा भइरहेको आन्तरिक गतिविधि, संगठन विस्तार तथा प्रदेश अधिवेशन सञ्चालन सम्बन्धी विषयमा विस्तृत छलफल भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ।

छलफलमा सांसदहरूले प्रदेश संरचना सुदृढीकरण, संगठन विस्तार र अधिवेशन तयारीसँग सम्बन्धित सुझावहरू प्रस्तुत गरेका थिए। पार्टी नेतृत्वले पनि प्रदेशस्तरका गतिविधिलाई प्रभावकारी बनाउन आवश्यक रणनीतिबारे विचारविमर्श गरेको बताइएको छ।

रास्वपाले हालसम्म मधेश प्रदेशका कुनै पनि जिल्लामा अधिवेशन सम्पन्न गर्न सकेको छैन। आन्तरिक असहमति र संगठनात्मक तयारी अपुरो भएकाले प्रदेशस्तरीय अधिवेशन प्रक्रिया अघि बढ्न नसकेको पार्टी स्रोतको भनाइ छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय