वीरगन्ज,१३ माघ । पर्साको वीरगन्ज महानगरपालिका वडा नं. २१, लिपनीविर्ता (लिपनीमाल) मा रहेको विजया श्री लेमिनेट प्रा.लि. मा आज भीषण आगलागी भएको छ। स्थानीय स्रोतका अनुसार आगलागी बोइलर च्याम्बर पड्किएको कारण सुरु भएको अनुमान गरिएको छ।
घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीका अनुसार उद्योगमा लागेको आगो निकै भीषण रहेको र नियन्त्रणका लागि थप जनशक्ति र वारुण यन्त्रलाई खबर गरिएको छ।
“आगलागीको जानकारी पाउनासाथ हामी घटनास्थलमा आइपुगेका छौँ, आगो नियन्त्रण बाहिर रहेकाले सम्बन्धित निकायहरूलाई थप मद्दतका लागि जानकारी गराइसकेका छौँ,” ती प्रहरी अधिकारीले बताए।...
काभ्रे,१० माघ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा पर्ने ‘बेथानचोक नारायणस्थान क्षेत्र’मा यात्रा नगर्न आग्रह गरिएको छ । गाउँपालिकाले आगलागीको जोखिम भएको क्षेत्रभित्र सो मन्दिर परिसर...
काभ्रे, १० माघ । काभ्रेपलान्चोकको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमाना थामलेखमा रहेको सामुदायिक वनमा मंगलबार दिउँसो २ बजेबाट लागेको आगो नियन्त्रण बाहिर पुगेको...
काठमाडौं,०६ माघ । काठमाडौंको लाजिम्पाटस्थित एक अपार्टमेन्टमा आगलागी भएको छ ।
लाजिम्पार्टको कम्फर्ट अपार्टमेन्टको पहिलो तल्लामा आगलागी भएको हो । आगलागीको कारण खुलिनसकेको प्रहरी वृत...
रौतहट,१५ पुस । राैतहटको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ वटा फुसका घर जलेर नष्ट भएका छन्। आइतबार मध्यराति आगलागी हुँदा लाखौंको...