Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगलागी हुँदा करोडौँको क्षति

spot_img

हेटौँडा,११ माघ । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित महाशक्ति साबुन उद्योगको गोदाममा गए राति भिषण आगलागी भएको छ। उद्योग परिसरमै रहेको तयारी साबुन र कच्चा पदार्थ राख्ने गोदाममा अचानक विद्युत् सर्ट भएर आगो सल्किएको हो। आगलागीबाट गोदामभित्र रहेका सम्पूर्ण तयारी सामान, कच्चा पदार्थ र प्याकिङका सामग्रीहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीका अनुसार मध्यरातमा सुरु भएको आगोले गोदाममा रहेका कुनै पनि सामान जोगाउन सकिएको छैन। क्षतिको विस्तृत विवरण संकलन भइरहेको भए पनि प्रारम्भिक अनुमानअनुसार करिब १० देखि १२ करोड रुपैयाँ बराबरको धनमाल जलेर खरानी भएको छ। रातिको समयमा आगो लागेकाले तत्काल नियन्त्रणको प्रयास गर्दागर्दै पनि ठुलो क्षति हुन पुगेको व्यवस्थापक बुढाथोकीले बताए।

आगलागीको खबर पाउनेबित्तिकै हेटौँडा उपमहानगरपालिकाका दुईवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा घटनास्थल पुगेका थिए। सुरक्षाकर्मी र स्थानीयको अथक प्रयासपछि केही समयअघि मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय