रौतहट,१५ पुस । राैतहटको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ वटा फुसका घर जलेर नष्ट भएका छन्। आइतबार मध्यराति आगलागी हुँदा लाखौंको सम्पत्ति जलेर नष्ट भएको हो ।
पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत् सर्ट भएर आगो सल्किँदा दीपेन्द्र पासवान, प्रदीप पासवान, रामनाथ हजरा सहितका घर जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।
आगलागीको खबर प्राप्त भएपछि प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलविछवा र गौर नगरपालिकाको वारुणयन्त्रको मद्दतबाट आगो नियन्त्रणमा लिइएको थियो ।

