बुटवल, २७ फागुन । बुटवलमा रहेको एक रेष्टुरेण्टमा आगलागी भएको छ । बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्याण्डमा गत मध्यराति करिब १ः३० बजे आगलागी भएको हो ।
आगलागीबाट रेष्टुरेण्ट सेक्टरको माथिल्लो तला पूर्णरुपमा क्षति भएको छ भने तल्लो तलामा क्षति पुगेको छैन । आगलागीबाट करिब डेढ करोड भन्दा बढिको क्षति भएको बताइएकाे छ ।
बुटवल उपमहानगरपालिकाको दमकलको सहायतामा करिब ३ घण्टा पछि आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । आगो विजुली तार सट भएर लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिएको छ ।




