Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

पर्साको लिपनीविर्तामा रहेकाे बोइलर च्याम्बर पड्किदा आगलागी

spot_img

वीरगन्ज,१३ माघ । पर्साको वीरगन्ज महानगरपालिका वडा नं. २१, लिपनीविर्ता (लिपनीमाल) मा रहेको विजया श्री लेमिनेट प्रा.लि. मा आज भीषण आगलागी भएको छ। स्थानीय स्रोतका अनुसार आगलागी बोइलर च्याम्बर पड्किएको कारण सुरु भएको अनुमान गरिएको छ।

घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीका अनुसार उद्योगमा लागेको आगो निकै भीषण रहेको र नियन्त्रणका लागि थप जनशक्ति र वारुण यन्त्रलाई खबर गरिएको छ।

“आगलागीको जानकारी पाउनासाथ हामी घटनास्थलमा आइपुगेका छौँ, आगो नियन्त्रण बाहिर रहेकाले सम्बन्धित निकायहरूलाई थप मद्दतका लागि जानकारी गराइसकेका छौँ,” ती प्रहरी अधिकारीले बताए। वारुण यन्त्रहरू केही बेरमै घटनास्थलमा आइपुग्ने र त्यसपछि नियन्त्रणको प्रयास तीव्र पारिने प्रहरीले जनाएको छ।

आगलागी अझै नियन्त्रणमा नआएका कारण उद्योगमा भएको मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त हुन सकेको छैन। आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ र मेसिनरी औजारहरूमा ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय